चितवनमा ७८ जनामा एचआइभी सङ्क्रमण
मेरोन्यूज
२०८० मंसिर १४ गते १८:४२

चितवन । सन् २०२३ को ११ महिनामा जिल्लामा ७८ जना एचआइभीबाट सङ्क्रमित भएका पुष्टि भएको छ ।
छत्तिसौँ विश्व एड्स दिवसका अवसरमा एड्स हेल्थ फाउण्डेसन नेपाल भरतपुर अस्पतालले आज यहाँ पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार चार सय २५ जनाको परीक्षण गर्दा ७८ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको हो ।
परीक्षण गरिएकामध्ये ४० जना पुरुष, ३३ जना महिला, तीन जना तेस्रो लिङ्गी र दुई जना बालबालिका छन् । सङ्क्रमण पुष्टि भएकामा चितवनका ३६ जना र बाहिरी जिल्लाका ४२ जना छन् ।
जिल्लामा अहिलेसम्म दुई हजार तीन सय १९ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको छ । पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार एक हजार दुई सय १० जना पुरुष, नौ सय २३ जना महिला, २४ जना तेस्रो लिङेगी र एक सय ६२ जना बालबालिका छन् ।
सम्बन्धित
















राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
खातामा स्थायी लेखा नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह
हुन्डाई नेपालद्वारा नयाँ वर्षलक्षित ‘हुन्डाईसँग शुभ यात्रा-२०८३’ अफर सुरु
एक महिनामा भित्रिए एक लाख २० हजार पर्यटक
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
प्रतिक्रिया