छायाँ सरकार घोषणा गर्ने दुर्गा प्रसाईंको तयारी
आफ्नै नेतृत्वमा मंसिर ३० मा सरकार घोषणा गर्ने, त्यस्तो सरकारलाई नागरिक सरकारको नाम दिने

काठमाडौं । राजावादी अभियान्त तथा मेडिकल ब्यवसायी दुर्गा प्रसाईंले सडकबाट अब आफ्नै नेतृत्वमा छायाँ सरकार घोषणा गर्ने तयारी थालेका छन् ।
पहिले युद्दकालमा तत्कालिन माओवादीले जनसरकार, एमाले र माओवादी केन्द्रको २०७४ को चुनावपछि बनेको नेकपाको सरकारका बेला कांग्रेसले बनाएको छायाँ सरकार जस्तै राजावादी अभियानमा हिडेका दुर्गा प्रसाईले भने सडकबाटै नागरिक सरकार नाम दिएर आफ्नै नेतृत्वमा सरकार घोषणा गर्ने तयारी थालेका हुन् ।
प्रसाईंले त्यस्तो सरकार मंसिर ३० मा घोषणा गर्ने तयारी गरेका छन् । उनले आफ्नै नेतृत्वमा सरकार घोषणाको तयारी गरेका हुन् । उनले आफुलाई सडकबाट नागरिक सरकारको प्रधानमन्त्री घोषणा गर्न खोजेका हुन् ।
‘नागरिक सरकार’ले पुराना दलहरूको विरुद्धमा कार्यक्रम केन्द्रित गर्ने छ।
उनले सरकारका मन्त्रालयले गरेका गतिविधिमा पनि प्रहार गर्ने र पूराना दलहरुको गतिवधिमा प्रहर गर्ने नीति अनुसार छायाँ सरकार घोषणा तयारी गरेका हुन् ।
यधपी उनको यो कदमलाई राजावादीहरुले के कसरी लिन्छन् भन्ने खुलिसकेको छैन । उनले घोषणा गर्ने छायाँ सरकारको नेतृत्वमा उनी रहेपनि अन्यमा को को रहने भन्ने भने टुंग्गो लागिसकेको छैन । उनी यसबारेमा आफुनिकटसँग परामर्शमा जुटेका छन् ।
मंसिर ७ देखि काठमाडौं केन्द्रीत आन्दोलन गरेका प्रसाईंले अब भने आन्दोलनको स्वरुप पनि फेर्न खोजेका छन् । उनले अब आन्दोलन गाँउ, जिल्लातिर केन्द्रीत गर्ने गरि विकेन्द्रीत बनाउन खोजेका छन् ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
प्रतिक्रिया