सिटीहलको ५५ प्रतिशत काम सम्पन्न

भरतपुर।चितवनमा निर्माणाधीन सिटीहलको ५५ प्रतिशत काम सम्पन्न भएको छ । निर्माण सुरु भएको तीन वर्षसम्ममा ५५ प्रतिशत मात्र काम भएको हो ।
सिटी हलको पहिलोपटक थपिएको म्याद आगामी फागुन मसान्तमा सकिँदै छ । निर्माण २७ महिनामा सक्ने गरी निर्माणको जिम्मा इन्डो–सगुन–रौताहा जेभीले पाएको थियो । निर्माण कम्पनीले कोरोनालगायतका कारणले काममा ढिलाइ भएको जनाएको छ ।
सिटीहलको मुख्य संरचनाको ट्रसका लागि फलामे पाइप भारतबाट आइसकेकाले अब निर्माणले गति लिने सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख झपटबहादुर थापाले बताएका छन् । उनका अनुसार तीन महिनाअगाडि भारतबाट मगाइएको ट्रसका लागि फलामे पाइप मंगलबारमात्रै यहाँ आइपुगेको हो ।
ट्रस हाल्न करिब तीन महिना लाग्ने थापाले बताएका छन् । ‘ट्रसका लागि भारतबाट मगाइएको पाइप आइपुगेको छ’, उनले भने, ‘केही आउने क्रममा छ । पाइपमाथि जोडिने पाता नेपालमै उत्पादन हुन्छ । अब धमाधम काम हुन्छ ।’
भरतपुर महानगरपालिका–१० स्थित जिल्ला समन्वय समितिको कार्यालय पछाडि चार बिघा चार कट्ठा जग्गामा सिटी हल निर्माण हुँदैछ । सिटी हलमा दुई हजार मानिस अट्न सक्ने क्षमताको मुख्य हल र तीन सय मानिस अट्ने क्षमताको अर्को हल हुनेछ ।
हलको निर्माण लागत रू ८७ करोड ८८ लाख ८८ हजार आठ सय ८८ रहेको आयोजनाका प्रमुख थापाले जानकारी दिए। उनका अनुसार हलमा पर्याप्त पार्किङको व्यवस्था गरिने छ । सिटी हल बनेपछि भरतपुरमा ठूला सभा, सम्मेलन तथा कार्यक्रम आयोजना गर्न सहज हुने जनाइएको छ । सिटी हलको विसं २०७७ माघ १७ गते शिलान्यास गरिएको थियो ।
















कास्कीमा छैनन् निर्वाचन आचारसंहिता उल्लंघनका उजुरी
15 killed in collision between Greek coastguard vessel and migrant boat: police
कञ्चनपुरमा ५ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइने
Beni in Myagdi directly connected to New Delhi by bus service
एमाले उपाध्यक्ष थापाको आरोप : सरकार निर्वाचन सार्ने षडयन्त्रमा लाग्यो
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
प्रतिक्रिया