बिहीबार, वैशाख ३, २०८३

मध्यरातमा चिच्याएर वर माग्ने मेलामा भक्तजनले चढाए साढे १८ लाख भेटी

मेरोन्यूज २०८० मंसिर १६ गते १०:१६

पाल्पा । मध्यरातमा चिच्याएर वर माग्ने मेलामा आएका भक्तजनहरुले चढाएको भेटी १८ लाख बढी संकलन भएको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

पाल्पाको तिनाउ गाउँपालिका वडा नंं ४ सत्यवती ताल क्षेत्रमा लागेको कर्तिके पूर्णिमा लागेको मेलाबाट साढे अठार लाखभन्दा बढी भेटी संकलन भएको हो ।

सत्यवती ताल तथा मन्दिर संरक्षण समितिका अध्यक्ष दान बहादुर गाहाका अनुसार एकादशीदेखि पूर्णिमासम्म चलेको पाँच दिने धार्मिक मेलाबाट १८ लाख ५० हजार ३३१ रुपैयाँ भेटी संकलन भएको छ ।

मध्यरातमा चिच्याएर वर माग्ने प्रचलन रहेको त्यस मेलामा नेपालका विभिन्न जिल्लासँगै भारतबाट समेत भक्तजन समेत आउने गर्दछन् । ती भक्तजनहरूले चढाएको भेटीबाट मन्दिर र ताल व्यवस्थापन गर्ने समितिले जनाएको छ ।

प्रतिक्रिया