आज तपाईंको राशिफल कस्तो छ ?

आज २०८० साल मंसिर १७ गते आइतवार । मंसिर कृष्ण षष्ठी । पञ्चाङ्ग: एन्द्र वणिज अश्लेषा। डिसेम्बर ३ तारिख २०२३ ।
यस्तो छ आज तपाईंको राशिफल :-
मेष : आज आफ्नो विद्या प्राप्तिको लागि संघर्ष गर्नु पर्ला । सामाजिक क्षेत्रका काममा सक्रियता रहला । वैदेशिक रोजगारमा सफलता मिल्ला । मान सम्मान वृद्धि होला ।
वृष : आजको परीक्षा सामान्य नै समय छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । सामाजिक क्षेत्रको काम अघि बढ्नेछ र उपकारमा मन जानेछ ।
मिथुन : आज घरपरिवारसँग रमाइलो तरिकाले समय बित्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ ।
कर्कट : आज मनपर्ने खानाको परिकार खान पाइनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।
सिंह : आज मानसिक चिन्तन बढ्ने र केही तनाव बढेको महसुस हुनेछ, तर नजिकका व्यक्तिबाट कार्यमा साथ र सहयोग बढ्न सक्छ ।
कन्या : आज शुभकार्यको चर्चा चल्नेछ । एकपछि अर्को अवसर र सफलताले मन प्रसन्न रहनेछ । व्यापारमा मनग्ये धनलाभ पनि हुनसक्छ ।
तुला : आज व्यापार र व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।
वृश्चिक : आज विद्या र बुद्धिको विकास हुनेछ । वैदेशिक कार्यबाट लाभ मिल्नेछ र सफलता मिल्नेछ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ ।
धनु : आज सन्तान पक्षको मायामा कमी आउनसक्छ । सहकर्मीबाट विरोध आउला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ ।
मकर : आज पारिवारिक जमघटमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।
कुम्भ : आज आकस्मिक नयाँ कार्यको योजना बन्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । सन्तान सुख पनि मिल्नेछ ।
मीन : आज साथीभाइबाट बढी फाइदा लिने समय छ । नयाँ काम सुरु गर्ने र उमंग बढ्नेछ । आर्थिक कारोबारमा सफलता पाइएला ।
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटुमा शक्तिशाली भूकम्प
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया