अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोह पक्राउ
मेरोन्यूज
२०८० मंसिर १७ गते २०:४१

काठमाडौँ । नेपाल प्रहरीले अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहलाई पक्राउ गरेको छ ।
प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको दरबारमार्ग, नयाँ बसपार्क, तिलेङ्गेटार, बानेश्वरलगायत स्थानमा यौन व्यवसाय सञ्चालन गर्ने गिरोहलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा रामेछापका २७ वर्षीय छत्रबहादुर रोक्का, ओखलढुङ्गाका ३३ वर्षीय गोपाल थापा, सिन्धुलीका ४४ वर्षीय सेते कार्की, सल्यानका २५ वर्षीय शिवराज परियार र नुवाकोटका ३० वर्षीय अमृत रोक्का रहेका छन् ।
कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले सामाजिक सञ्जालको प्रयोगगरी विभिन्न प्रलोभन देखाएर यौन व्यवसाय सञ्चालन गरेकामा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता रेग्मीले बताए ।
सम्बन्धित
















कतारी लगानी आकर्षणका विषयमा राष्ट्र बैंकका गभर्नरसँग छलफल
नवलपुरका मतदाता भन्छन् – चुनावी बाचा केही पूरा भए, केही अधुरै छन्
रामेछापमा बस दुर्घटना अपडेटः ९ जनाको मृत्यु, चालकसहित ८ घाइते
बङ्गलादेशको निर्वाचनमा सुरक्षा खतरा छैन : निर्वाचन आयोग
दार्चुलामा प्रहरी हवल्दार मृत फेला, दुई जना पक्राउ
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
युक्रेन र रुस युद्ध जुन भित्रमा अन्त्य गर्न अमेरिकी दबाब रहेको जेलेन्स्कीको भनाइ
प्रतिक्रिया