गुल्मीमा सुन्तला उत्पादन घट्यो

तम्घास (गुल्मी) । गुल्मीमा यसवर्ष सुन्तला उत्पादन घटेको छ । गत वर्षको तुलनामा यसवर्ष तीन सय ६६ मेक्ट्रिन टन सुन्तला उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र, गुल्मीले जनाएको छ ।
गतवर्ष जिल्लामा छ हजार नौ सय ३८ दशमलव चार मेक्ट्रिक टन सुन्तला उत्पादन भएको थियो भने यसवर्ष छ हजार पाँच सय ७२ दशमलव चारमेक्ट्रिक टन मात्रै उत्पादन भएको कृषि ज्ञान केन्द्र, गुल्मीले जनाएको छ ।
गतवर्ष गुल्मीमा रु २९ करोड ३७ लाख दुई हजार चार सय ७२ को सुन्तला उत्पादन भएकोमा रु १३ करोड २१ लाखको निर्यात भएको थियो भने यसवर्ष रु २३ करोड ७८ लाख ५५ हजार एक सय ५६ बराबरको सुन्ताला उत्पादन भएकोमा रु १२ करोड ८४ लाखको मात्रै निर्यात हुने अपेक्षा गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले बताए ।
यसवर्ष सुन्तलाको औषत मूल्य प्रतिकेजी रु ४८ तोकिएको छ । फल पातलो लाग्नु, दाना सानो हुनु, फल झर्नु, किसान परम्परागत खेतीमा नै निर्भर हुनु जस्ता कारणले सुन्तला उत्पादन घटेको कार्यालयले जनाएको छ ।
सुन्तला बगैँचामा मलखादको प्रयोग नहुनु, सिँचाइको अभाव, बोटबिरुवाको काँटछाँटमा ध्यान नदिनु जस्ता कारणले उत्पादनमा कमी आएको कार्यालयको भनाइ छ । जिल्लामा कूल एक हजार २७ हेक्टर क्षेत्रफलमा चार लाख १० हजार आठ सय सुन्तलाका बिरुवा छन् । जसमध्ये ६० दशमलव छ प्रतिशत बोटमा फल लागेको छ ।
















साफ महिला च्याम्पियनसिप : भुटान भारतसँग पराजित
ग्रीसमा तटरक्षक जहाज र आप्रवासी बोकेको डुङ्गा बिचको टक्करमा १५ जनाको मृत्यु
अफगानिस्तानमा सन् २०२५ मा बारुती सुरुङ विस्फोटबाट ८७ जनाको मृत्यु, ३ सय भन्दा बढी घाइते
नेपाल लाइफद्वारा इसेवासँगको सहकार्यमा ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ सार्वजनिक
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
प्रतिक्रिया