बुधबार, जेठ ७, २०८२

प्रधानमन्त्रीले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यबारे जानकारी लिए

मेरोन्यूज २०८० मंसिर २० गते ७:४६

काठमाडाैँ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले अहिले बिहान उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था भेटेर जानकारी लिएका छन् ।

गृहमन्त्री श्रेष्ठ नियमित स्वास्थ्य परीक्षणका निम्ति मंगलबार बेलुकी गंगालाल हृदय केन्द्र बाँसबारीमा श्रेष्ठ भर्ना भएका थिए ।अस्पतालमा मन्त्री श्रेष्ठको मुटुको देव्रे नसा (left Anterior Descending Coronary Artery) को एन्जिओप्लास्टी गरिएको थियो । अहिले उनकाे स्वास्थ्य अबस्था सामान्य छ ।

यस अघि गत असोज ३० देखि कात्तिक १ गतेसम्म चीनको भ्रमणमा रहेका बेला मन्त्री श्रेष्ठ अचानक मुटुको समस्याबाट पीडित भएपछि त्यहाँ उनको उपचार गएिको थियो ।

प्रतिक्रिया