औषधि पसलमा काठमाडौं महानगरको निगरानी, प्रक्रिया पूरा नगरे बन्द गरिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रमा अवैधरूपबाट चलिरहेका औषधि पसललाई सचेत गराएको छ ।
मेयर बालेन्द्र(बालेन) शाहले बुधबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत अनधिकृत व्यक्तिहरुबाट औषधी बिक्री वितरण भइरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधीसमेत बिक्री वितरण भइरहेका तथा चिकित्सकको प्रेस्किप्सनविना बिक्री भइरहेको गुनासो आइरहेको भन्दै त्यस्ता पसलहरूले तत्काल सुधारात्मक कदम चाल्न ध्यानाकर्षण गराएका छन् ।
उनले भनेका छन्,‘काठमाडौं महानगरपालिका स्वास्थ्य विभागबाट इजाजत पत्र नलिई सञ्चालनमा रहेको विभिन्न गुनासाहरू आम उपभोक्ताहरूबाट आइरहेको छ । काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागबाट अनुगमन गर्दा समेत उल्लेख भए अनुसार भएको पाइएको छ यसमा हामी गम्भीर छौँ’,।
यही मंसिर २९ गते भित्र आवश्यक कानूनी तथा व्यवस्थापकीय प्रक्रिया पूरा नगर्ने औषधि पसल बन्द गरिने समेत उनले जानकारी गराएका छन् ।










नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया