शुक्रबार, वैशाख २५, २०८३

विराटनगर आगलागी: ज्यान गुमाउनेको संख्या तीन पुग्यो

मेरोन्यूज २०८० मंसिर २१ गते १०:४५

विराटनगर । विराटनगरमा कवाडी गोदाममा आगलागी हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

Advertisement
NiccNicc

आगलागीमा परेर गम्भीर घाईते भएकी सुनिता कामतको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।

‘उपचारका लागि काठमाडौं पठाइएका चारमध्ये सुनिता कामतको बुधबार राति ८ः२५ मा उपचारकै क्रममा निधन भएको छ’, मोरङ प्रहरी प्रवक्ता रन्जन दाहालले भने ‘घटनास्थलमै जलेर ज्यान गुमाउने सुशीला पासवान भएको पनि खुलेको छ।’

आगलागीमा परेर गम्भीर घाइते दीपक मण्डलको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको थियो। थप घाइते ३ जनाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ।

विराटनगरको सातघुम्तीस्थित कवाडी गोदाममा बुधबार दिउँसो काम गर्ने मजदूरहरुले चुरोट पिउन खोज्दा त्यसैबाट आगो सल्किएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया