लोकतन्त्रको रक्षार्थ नौ जिल्लामा नागरिक संवाद

काठमाडौँ । लोकतन्त्रको रक्षार्थ, सुशासनको प्रत्याभूति र सद्भाव प्रवर्द्धनमा केन्द्रित रही मानवअधिकार तथा शान्ति समाजले नौ जिल्लामा नागरिक संवाद कार्यक्रम सम्पन्न गरेको छ ।
यही मङ्सिर १६ गते कास्कीको पोखराबाट सुरु भएको अभियानअन्तर्गत मङ्सिर २० सम्ममा स्याङ्जा, पाल्पा, रुपन्देही, नवलपरासी पश्चिम, नवलपुर, चिवतन, गोरखा र नुवाकोटमा नागरिक संवाद कार्यक्रम सम्पन्न भएको समाजले आज विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।
समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बरालसहित स्थानीय, नागरिक समाजका प्रतिनिधि र राजनीतिक समाजका प्रतिनिधिले मन्तव्य व्यक्त गरेको नागरिक संवाद कार्यक्रममा सर्वसम्मतिबाट नौवटा नागरिक सङ्कल्पसमेत जारी भएको छ ।
पचहत्तरौँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका दिन मङ्सिर २४ गते काठमाडौँ रामशाहपथस्थित नेपाल बार एशोसिएसनको सभाकक्षमा दिउँसो १ बजे आयोजना हुने कार्यक्रममा नागरिक सङ्कल्प र नौ जिल्लामा व्यक्त नागरिक आवाजको सार प्रस्तुत गरिने छ । यो कार्यक्रम देशव्यापीरूपमा आयोजना गरिँदै छ ।
मानवअधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि कार्य गर्ने उद्देश्यले विसं २०५३ जेठ १९ गते स्थापित मानवअधिकार तथा शान्ति समाज एक स्वयंसेवी संस्था हो ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया