शनिबार, चैत २८, २०८२

१४ किलो सुन प्रकरण छानबिन गर्न समिति गठन

मेरोन्यूज २०८० मंसिर २२ गते १३:१६

काठमाडौं । दुबईबाट आएका यात्रुको साथबाट १४ केजी सुन बरामद भएको विषयमा छानबिनका लागि ६ सदस्यीय समिति गठन गरिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा उक्त ६ सदस्यीय समिति बनाएको हो।

समितिमा प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, भन्सार अधिकृत डिल्लु प्रसाद शर्मा, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुंगाना सदस्य रहेका छन्।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बिहीबार राति विशेष सुराकीको आधारमा करिब १४ किलो सुन बरामद गरेको थियो।

भन्सार कार्यालयका अनुसार उक्त सुन परीक्षणका लागि भन्सार विभाग पठाइएको छ ।

प्रतिक्रिया