मानवअधिकारको विश्वव्यापी घोषणापत्र कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पछिल्ला वर्षमा मानवअधिकारको विश्वव्यापी घोषणापत्रमा उल्लेखित वाचा, प्रतिज्ञा, प्रतिबद्धता, मर्यादा र अधिकारमाथि निरन्तर प्रहार भइरहेको बताएका छन् ।
पचहत्तरौँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आज शुभकामना दिँदै उनले घोषणापत्रमा निहित मूल्य र अधिकारलाई सामूहिक कार्यका लागि दिशानिर्देश गर्ने सूत्रका रुपमा अङ्गीकार गर्न झनै आवश्यक रहेको बताए ।
महामारी, द्वन्द्व, बढ्दो असमानता, नैतिक रुपमा सङ्कटग्रस्त वित्तीय प्रणाली, जातिवाद, जलवायु परिवर्तन आदिले सिङ्गो विश्वलाई नराम्ररी गाँजिरहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले मानवअधिकारको प्रत्याभूतिका लागि विश्वव्यापी घोषणापत्रको कार्यान्वयनमा थप क्रियाशील र ऐक्यबद्ध भई अघि बढ्नुपर्ने बताए ।
नेपाल मानवअधिकार र सामाजिक न्यायको प्रत्याभूतिमा क्रियाशील रहेको उल्लेख गर्दै उनले मुलुकमा विद्यमान सबैखाले अराजकता, असमझदारी, विकृति, विसंगति अन्त्यका लागि सम्पूर्ण देशवासी एकजुट अघि बढ्नुपर्ने बताए । नेपालका केही क्षेत्र, भूगोल, वर्ग, समुदायलगायतले अझै पनि आफूको अधिकारको संरक्षण हुन नसकेको गुनासो गरिरहेको सन्दर्भमा त्यसको पहिचान गर्नु अहिलेको मुख्य दायित्व र कर्तव्य भएको उनको भनाइ छ ।
संयुक्त राष्ट्रसङ्घको महासभाबाट मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको सम्झनामा प्रत्येक वर्ष डिसेम्बर १० मा अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाइँदै आइएको छ । उपराष्ट्रपति यादवले नेपाल मानवअधिकारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि र सम्झौताको पक्ष राष्ट्र पनि भएको उल्लेख गर्दै देशमा भइरहेको मानवअधिकारको संरक्षण कार्य प्रशंसनीय रहेको बताए ।
सबैको अधिकार क्षेत्रलाई थप फराकिलो बनाउनसके मुलुकको समृद्धि र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै उनले नेपालको संविधानले मार्गदर्शन गरेका अधिकारको पूर्ण कार्यान्वयनमा अग्रसर हुन यस दिवसले उत्प्रेरित गर्न सकोस् भनी कामना गरेका छन् ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया