शनिबार, चैत २८, २०८२

एकैदिन १३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

मेरोन्यूज २०८० मंसिर २४ गते ११:५२

काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १३०० रुपैयाँले घटेको हाे ।

शुक्रबार तोलामा १ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आइतबार १३०० रुपैयाँले घटेर १ लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै तेजावी सुन तोलामा १ लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भएको छ ।

आज आइतबार चाँदीको मूल्य तोलामा १४२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यसअघि शुक्रबार चाँदी तोलामा १४६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया