नेप्सेमा तेस्रो ‘सर्किट ब्रेक’, आजलाई कारोबार बन्द

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा तेस्रो पटक पोजेटिभ सर्किट लागेर आजको लागि कारोबार स्थगित भएको छ । दोस्रो पटक सर्किट ब्रेक लागेर ४० मिनेटका लागि बन्द भएको नेप्सेमा पुनः तेस्रो पटक सर्किट लागेपछि आजलाई कारोबार बन्द भएको हो ।
पहिलो पटक ११ः०५ मै चार प्रतिशतले बृद्धि भएपछि २० मिनेटका लागि स्थगित भएको नेप्से ११ः२५ मा खुलेको थियो । खुलेको तीन मिनेटमै पुनः थप एक प्रतिशतले बृृद्धि भई ५ प्रतिशत पुगेपछि दोस्रो पटक सर्किट लागेको हो ।
तेस्रो पटक बजार खुलेको ३ मिनेटमै नेप्से थप १ प्रतिशतले बढेर ६ प्रतिशत पुगेको हो । आज कुल ९ मिनेटमात्र शेयर कारोबार भएको छ ।
आइतबार बजारमा १११.२० अंकको उछाल आएको छ। योसँगै नेप्से परिसूचक १९६३.९८ को विन्दुमा बन्द भएको छ ।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ । आइतबार जलविद्युत समूह सर्वाधिक ८.६३ प्रतिशतले बढेको छ ।
आज ४८ करोड २४ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
आइतबार रिलायन्स फाइनान्स, जोशी हाइड्रोपावर, राप्ती हाइड्रो, शिवम पावर र कालिञ्चोक दर्शनका शेयरधनीहरु मालामाल भएका छन्। यी कम्पनीको शेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ सकारात्मक सर्किट लागेको छ। अन्य ३० कम्पनीको शेयरभाउ पनि ९ प्रतिशतभन्दा बढी र १० प्रतिशतको हाराहारीमा बढेका छन् ।
















जेनजी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय
कम्युनिष्ट आन्दोलनलाई पुनःगठित गरेर अगाडि बढ्छौँ: महासचिव पोखरेल
इरानी प्रतिनिधिलाई सैन्य पोशाकमा र अमेरिकीलाई सुटमा स्वागत गरे पाकिस्तानी सेना प्रमुखले
सप्तरीमा आगलागी हुँदा एक घर जलेर नष्ट
प्रतिनिधिसभाको प्रथम अधिवेशनद्वारा प्रक्रियागत काम पूरा, आगामी अधिवेशनका निम्ति मार्ग प्रशस्त
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
प्रतिक्रिया