गगन थापाको प्रश्न : कांग्रेस सरकारमा हुँदा यति धेरै कुशासनका घटना किन ?
मेरोन्यूज
२०८० मंसिर २४ गते १६:४१

काठमाडौंं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टीले सरकार चलाउँदा कुशासन किन भएको छ रु भन्दै प्रश्न गरेका छन् ।
आइतबार नेपाली कांग्रेसको मुखपत्र नेपाल पुकारको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
“पछिल्लो समय हामी को हौँ ? आज हामी सरकारमा छौँ, कुशासन छ । नागरिक कुशासनले आजित छन् । एउटा काण्ड सेलाउन नपाउँदै अर्को आउँछ,” उनले भने, “सुशासनका लागि जन्मेको पार्टी हो, हामीले सरकार चलाउँदा कुशासन किन भएको छ ? जरा कहाँ छ ?”
उनले पार्टीमा फरक शैलीबाट काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।
“पार्टी फरक आईडी हो भने त्यसानुसार काम गर्नुपर्छ । जाजरकोट भूकम्प र एक हजार घर बनाउने, महासमिति बैठक तयारीलगायत विषयले क्यालेन्डरअनुसार काम हुन सकेन । क्यालेन्डर रिभाइज गर्दै छौँ,” महामन्त्री थापाले भने ।
सम्बन्धित
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया