बुधबार, माघ २१, २०८२

एमालेको संकल्प यात्रा बिथोल्न खोज्ने गोपाल किरातीसहित आन्दोलनकारी पक्राउ

मेरोन्यूज २०८० मंसिर २६ गते १३:१२

काठमाडौं । कोशी प्रदेशको विरोधमा आन्दोलित पहिचनावादीको एक समूहलाई प्रहरीले पक्राउ गरेको छ।

एमालेको संकल्प यात्रा बिथोल्न उत्रिएका नेकपा माओवादी केन्द्रका पूर्व नेता गोपाल किरातीसहितका आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी पुरुषोत्तम खड्काका अनुसार बन्द गराउँदै सवारी साधनलाई अवरोधमा उत्रिएपछि उनीहरूलाई पक्राउ गरिएको हो।

आन्दोलनकारीले मध्यपहाडी लोकमार्गको ठाउँ-ठाउँमा रूख ढालेर अवरोध गरेका छन्। उनीहरुले मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूलाई प्रवेश निषेध गर्ने भन्दै अवरोध सृजना गर्न खोजिरहेका छन्।

साेही कारण प्रहरीले उक्त समूहलाई नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया