मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा २७ देशका ५४ चलचित्र प्रदर्शन गरिए

काठमाडौँ । मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा यही मङ्सिर २३ देखि यहाँ जारी ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को ११ औँ संस्करण सम्पन्न भएको छ ।
नेपाल पर्यटन बोर्डको सभाहलमा भएको समापन समरोहमा राजन कठेत र सुनिल पाण्डेले निर्देशन गरेको वृत्तचित्र ‘नो विन्टर होलिडेज’ले उत्कृष्ट वृतचित्रतर्फको पुरस्कार जितेको छ ।
आयोजक संस्था मानव अधिकारी चलचित्र केन्द्रका अध्यक्ष विष्णुबहादुर खत्रीले चलचित्रकर्मी र मानव अधिकारकर्मीको साथ र सहभागिताले महोत्सव सफल भएको बताए । “चारदिने महोत्सवले विश्वभर मानव अधिकारका विषयमा निर्माण गरिएका छोटा चलचित्र तथा वृत्तचित्रसँग साक्षात्कार गरायो । यसले हाम्रा चलचित्रकर्मीलाई सघायो भन्नेमा विश्वस्त छौँ”, उनले भने ।
महोत्सवमा ‘चलचित्र विकासको लागि राजनीतिक प्रतिबद्धता’ र ‘सामूहिका अधिकार स् अन्तर्राष्ट्रिय प्रतिबद्धता, अभ्यास र राज्यको दायित्व’ विषयमा राजनीतिकर्मी, अधिकारकर्मी र चलचित्रकर्मीबीच छलफल हुनाका साथै फोटो प्रदर्शनीसमेत गरिएको थियो । महोत्सवमा नेपालसहित २७ देशका ५४ वटा चलचित्र प्रदर्शन गरिएका थिए ।


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
इरानी प्रतिनिधिलाई सैन्य पोशाकमा र अमेरिकीलाई सुटमा स्वागत गरे पाकिस्तानी सेना प्रमुखले
प्रतिक्रिया