शनिबार, वैशाख २६, २०८३

‘मेरा मित्र’ भन्दै ओलीले दिए प्रधानमन्त्री प्रचण्डलाई जन्मदिनको शुभकामना

मेरोन्यूज २०८० मंसिर २७ गते ७:२४

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जन्मदिनको शुभकामना दिएका छन्।

Advertisement
NiccNicc

मंसिर १४ गतेदेखि सुरु गरेको एमालेको मेची महाकाली संकल्प यात्राको क्रममा मंगलबार साँझ खोटाङको दिक्तेल पुगेका ओलीले प्रचण्डलाई फोन गरेर जन्मदिनको शुभकामना दिएका हुन्।

ओलीले प्रधानमन्त्री प्रचण्डलाई सामाजिक सञ्जालमार्फत जन्म दिनको शुभकामना दिएको विषय सार्वजनिक गरेका हुन् । उनले लेखेका छन्,‘आज रामेछाप, सिन्धुली, ओखलढुङ्गा र खोटाङ गरी हाम्रो यात्रा चार जिल्ला पार गर्यो। दिनभर व्यस्त थिएँ। साँझ दिक्तेल आएपछि प्रधानमन्त्री तथा मेरा मित्र पुष्पकमल दाहाल प्रचण्डसँग फोनमा कुरा भयो’, ‘उहाँको आज जन्मदिन, जन्म दिनको शुभकामना !’

प्रधानमन्त्री प्रचण्डको हिजो (मंगलबार) जन्म दिन परेको थियो २०११ साल मंसिर २६ गते जन्मिएका प्रचण्ड हिजोबाट ६९ वर्षमा प्रवेश गरेका छन्।

प्रतिक्रिया