विश्व रेकर्ड बनाउन निरहार बसे राजेन्द्र

काठमाडौं । ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर ८ लुभुका राजेन्द्र रेग्मी (निरहरि बाबा) पछिल्लो १५ दिन यता निरहार बसेका छन् । विपी चाेक रुप्सेटार सुन्दरीजलमा उनी अहिले निरहार बसिरहेका हुन् ।
गिनिज बुकमा नाम लेखाउने उदेश्यले उनले अहिले त्यहाँ सिसिटिभिसहित जडान गरेर निरहार बसेका हुन् । उनी जतिपनि समय निरहार बस्न सक्ने भन्दै त्यसरी बसेका हुन् । विगत ९ महिनादेखि फलफुल, पानी र खाध्यान्नबिना बाँचिरहेका उनले २०७६ सालदेखि नियमित खाना समेत नखाएको दावी गरेका छन् । २०७९ फागुन देखि भने उनले खानपान पूर्णतया छाडेको बताएका छन् ।
भगवान महाकाल शिवको आफु कडा भक्त भएको बताउने रेग्मीले पशुपतिनाथ, मुक्तिनाथ, कालभैरव, कुमारीदेवी, गुरु गोरखनाथ मन्दिर र भारतमा उज्जन महाकाल मन्दिर, विश्वनाथ मन्दिर वराणसी, हरिद्धार, कामाख्या मन्दिर आदी दर्शन गरिसकेका छन् ।
उनको दावी अनुसार, सुरुमा उनको तौल १२० केजी थियो । तर सपना र सुत्ने समयमा दिब्य शक्ति पाएकोले एकै रातमा ८० केजी घटेको उनले दावी गरेका छन् । आफनो शरीर अन्य सामान्य मानिसको भन्दा फरक रहेको उनले जिकिर गरेका छन् ।
‘मेरो शरिर रवरको थैली मार्सपियम जस्तै छ । कसैले शरीरमा प्रहार गरयो भने पनि केही हुँदैन,’ उनी भन्छन्, –‘अरुको तुलनामा मेरो आफनो शरिर बलियो छ ।’
झरनाबाट आफनो टाउकोमा पानीको धारा छोडेर वा भगवान शिवलाई जलविषेक भनेर ट्याप गरेर २४ घण्टा सम्म बस्न सक्ने पनि उनले दावी गरेका छन् ।
















दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिनिधिसभामा समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
मुस्ताङको मुक्तिक्षेत्रमा फेरि हिमपात
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
माघ शुक्ल पूर्णिमा, आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
प्रतिक्रिया