राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष श्रीलङ्का, पनामा र बेल्जियमका राजदूतहरूले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरिएको छ ।
राष्ट्रपति भवनमा आज बेग्ला–बेग्लै आयोजित विशेष समारोहमा उनीहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् राष्ट्रपतिसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका आवासीय राजदूत सुधार्सना के पथीराना, गणतन्त्र पनामाका गैरआवासीय राजदूत यसेल एलानिस बुलियो रिभेरा र बेल्जियम अधिराज्यका गैरआवासीय राजदूत डिडेर आना एल भान्डेरसेल्टले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
ओहोदाको प्रमाणपत्र प्रस्तुतिका निम्ति आयोजित विशेष समारोहमा नेपालका सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो । त्यसअघि नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटस्थित होटल र्याडिसनदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो ।














काठको मुढाले च्यापिएर बालकको मृत्यु
हर्क साम्पाङ र सुदन किरातीबिच एकताको सहमति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया