राष्ट्रिय सभा चुनाव
समानुपातिक बन्दसूचीबाट २७७ जनाले फिर्ता लिए नाम
१५० बढीको निर्वाचन आयोगमा अझै निवेदन, राष्ट्रिय सभा उम्मेदवार बन्न तीव्र दौडधुप

काठमाडौं । राष्ट्रिय सभा चुनावको उम्मेदवार बन्ने तीव्र आकांक्षाले विभिन्न राजनीतिक दलका तर्फबाट प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिक बन्दसूचीमा रहेका नेताहरुले आफनो नाम फिर्ता लिन थालेका छन् ।
समानुपातिक बन्द सूचीमा रहेकाले बन्दसूचीमा नाम राखेर अर्काे निर्वाचनमा उम्मेदवार बन्न नपाउने निर्वाचन आयोग ऐनको कानुनी प्रवाधानमा रहेकोले राष्ट्रिय सभा उम्मेदवार बन्न चाहने आकांक्षा राखेकाले अहिले नाम फिर्ता लिने क्रम बढेको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रिय सभा चुनाव आगामी माघ ११ गते हुँदैछ । त्यसका लागि राजनीतिक दल दर्ताको काम आयोगले अहिले गरिरहेको छ । भोलि शुक्रवारसम्म दल दर्ताको लागि आयोगले समय दिएको छ ।
यही क्रममा अहिलेसम्म विभिन्न दलका तर्फबाट २७७ जनाले प्रतिनिधिसभा तथा प्रदेश सभाको समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिएको निर्वाचन अयोगले जनाएको छ ।
अझै १५० भन्दा बढीले समानुपातिकको बन्द्यसूचीबाट नाम फिर्ता लिन निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् ।
यसरी नाम फिर्ता लिनेमा कांग्रेस, एमाले, माओवादी लगायतका प्राय राजनीतिक दलका नेताहरु छन् । कांग्रेसका गोपालमान श्रेष्ठ, आनन्द्य ढुंगाना, माओवादी केन्द्रका चम्पा कार्की, राप्रपाका उद्दव थापा लगायतका नेताहरुले पनि बन्दसूचीबाट आफनो नाम फिर्ता लिएका छन् ।
निर्वाचन आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेलले निर्वाचन कानुनमा एउटा चुनावका उम्मेदवारले अर्काे चुनावमा उठ्न नपाउने ब्यवस्था भएकोले समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने क्रम तीव्र भएको बताए ।
















यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
आज माघ २१ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया