कतार विश्वकपमा मेसीले लगाएको ६ जर्सी ७.८ मिलयन डलरमा बिक्रि

काठमाडौं । अर्जेन्टिनाका स्टार खेलाडी लिओनल मेसीले सन् २०२२ को कतार विश्वकप दौरान लगाएका ६ जर्सी लिलामीमा बिक्रि भएको छ । न्युयोर्कमा भएको सोथबी अक्सनमा कूल ७.८ मिलयन अमेरिकी डलरमा मेसीले लगाएका जर्शी लिलामी भएको हो ।
मेसीको कप्तानीमा अर्जेन्टिनाले फ्रान्सलाई फाइनलमा पेनाल्टी सुटआउटमा हराएर विश्वकप जितेको थियो ।
मेसीले फाइनल, सेमिफाइनल, क्वाटरफाइनल, अन्तिम १६ र समह चरणको दुई खेलमा लगाएका ६ जर्सी अक्सनमा बिक्री भएको हो । डिएगो म्याराडोनाले सन् १९८६ मा इंग्लयाण्ड विरुद्ध चर्चित ‘ह्याण्ड अफ गड’गोल क्रममा लगाएको जर्सी गत वर्ष ७.१ मिलियन पाउण्डमा बिक्री भएको थियो ।
कीर्तिमानी ८ पटकको बालोन डे’ओर विजेता मेसी एकै विश्वकपमा समूह चरण, अन्तिम १६, क्वाटरफाइनल, सेमिफाइनल र फाइनलमा गोल गर्ने पहिलो खेलाडी बनेका थिए ।
मेसीले सन् २०२२ को विश्वकपमा अर्जेन्टिनाले खेलेको सबै ७ खेल खेलेका थिए । तर मेसीले समूह चरणको तीन मध्ये दुई खेलमा लगाएको जर्सी मात्र अक्सनमा राखिएको थियो । अष्ट्रेलिया विरुद्धको खेलमा भने मेसीको जर्सी क्यामी डेभलिनले साटेका थिए ।
मेसीको जर्सी लिलामीबाट प्राप्त आम्दानीको एक भाग दुर्लभ रोगबाट पीडित बालबालिकाको आवश्यकताहरू पूरा गर्न लियो मेस्सी फाउन्डेशनको सहयोगमा सान्ट जोन डे डेउ बार्सिलोना बाल अस्पतालको नेतृत्वमा रहेको युनिकास परियोजनालाई दान गरिने सोथबीले जनाएको छ ।
















रोकिएको किसान सूचीकरण पुनः सुरु
यस्तो छ आको विदेशी मुद्राको विनिमयदर
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
प्रधानमन्त्री बालेनले आज संसदमा महिला आयोगको प्रतिवेदन पेस गर्दै
आजको मौसम : कतै वर्षा, कतै हुरी !
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
प्रतिक्रिया