धनुषाको सबैलामा ६ वर्षीया बालिका मृत फेला, २ जना पक्राउ

जनकपुरधाम । २४ घण्टा देखि हराईरहेकी एक ६ वर्षिया बालिका खाल्डोमा जमेको पानीमा नग्न अवस्थामा मृत फेला परेकी छिन् । यो घटना धनुषाको सबैला नगरपालिका ९ कुसमहाको हो ।
विवाहको मटकोर कार्यक्रमबाटै बेपत्ता स्थानीय ६ वर्षीया बालिका राखी यादव मृत फेला परेकी हुन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार बालिका नग्न अबस्थामा मृत फेला परेकी हुन् । उनको लुगा खाल्डो छेउमा भेटिएको छ ।
बालिका राखीको हत्या गरेको आशंकामा प्रहरीले स्थानीय दुई जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उनीहरुको नाम गोप्य राखिएको छ ।
विवाहपञ्चमीको अवसरमा मटकोर कार्यक्रम राखिएको र मंसिर २७ गते बेलुका मटकोर गर्न रथमा जाने क्रममा बालिका राखी बेपत्ता भएकी थिइन् । रातभर नभेटेपछि उनको अभिभावकले प्रहरीमा जानकारी गराएको थियो ।
‘बालिका बेपत्ता भएको जानकारी पाएलगत्तै खोजतलासका लागि प्रहरी परिचालन गर्यौं,’ डिएसपी अवाले भने, ‘प्रहरीले पनि नभेटेपछि तालिमप्राप्त कुकुर बोलायौं । कुकुरले पनि खोज्न सकेन । त्यसपछि शंका लागेर खाल्डोमा जमेको पानीमा खोज्दा बालिकाको शव हिजो बेलुका भेटियो ।’
बालिका राखीको शवको प्रकृति हेर्दा शंकास्पद देखिएको छ । डिएसपी अवाले पनि घटनाक्रम हेर्दा शंकास्पद देखिएको बताए । उनले भने, ‘घटना शंकास्पद छ । तर पोस्टमार्टम रिपोर्ट नआएसम्म अहिले केहि भन्न सक्दिन । अनुसन्धान भइरहेको छ ।’
















दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिनिधिसभामा समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
मुस्ताङको मुक्तिक्षेत्रमा फेरि हिमपात
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
माघ शुक्ल पूर्णिमा, आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
प्रतिक्रिया