एमालेले एकल बहुमत पुर्याएर सरकार सञ्चालन गर्छ : अध्यक्ष ओली

पाँचथर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ मा हुने निर्वाचनबाट एमालेले एकल बहुमत पुर्याएर सरकार सञ्चालन गर्ने दाबी गरेका छन् ।
पाँचथरको फिदिममा झुलाघाट चिवाभन्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा, २०८० को बहृत् जनसभालाई आज सम्बोधन गर्दै उनले त्यस्तो दाबी गरेका हुन ।
अध्यक्ष ओलीले अब भाँडाकुटी खेलजस्तो हाडाभाँडा बुटुलेर सरकार सञ्चालन गर्दा जनताले आहातमात्रै पाउने भन्दै अब मिसन–८४ नै सञ्चालन गरी एमालेले एकल बहुमत पुर्याएर सरकार सञ्चालन गर्ने बताए ।
पूर्व प्रधानमन्त्री ओलीले सडकबाट कराएर मात्रै आफ्ना माग पूरा गर्न नसकिने बताउँदै विमतिका बीचमा पनि सहमति खोज्न कोशी प्रदेशविरुद्ध आन्दोलनरत पहिचान पक्षधरलाई आग्रह गरे ।
यस्तै ओलीले तमोर जलासयबाट बृहत् हाइड्रो निर्माण गरी मुलुकलाई उज्यालो बनाउनुपर्ने र नेपालमा खपतपश्चात उभ्रिएको विद्युत् विदेश निर्यात गर्नुपर्ने तर सरकारले गर्न नसकेको प्रति दुःख व्यक्त गरे । अध्यक्ष ओलीले भोलि बिहान पाँचथरको चिवाभन्ज्याङ पुगेर झण्डोत्तलन गर्ने कार्यक्रम छ ।















काठको मुढाले च्यापिएर बालकको मृत्यु
हर्क साम्पाङ र सुदन किरातीबिच एकताको सहमति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया