मंगलबार, वैशाख १, २०८३

अन्नबाट बनेको सीतारामको आकर्षक प्रतिमा

मेरोन्यूज २०८० पुष १ गते ७:०९

काठमाडाैँ । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको अवसरमा विश्व रेकर्ड स्थापित गर्ने उद्देश्यले जनकपुरधामस्थित रंगभूमि मैदानमा अन्नबाट सीतारामको प्रतिमा तयार पारिएको छ । 

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

जनकपुरधामस्थित रङ्गभूमि मैदान (बाह्रबिघा) मा सोमबारदेखि बनाउन सुरु गरिएको सीतारामको प्रतिमा शुक्रबार साँझ सम्पन्न भएको हो । भारतको शतिस गुर्जरसँगै आएका ८ जना कलाकारले ५ दिन लगाएर १२ बिघामा ११ हजार ११ स्क्वायर फिटको अन्नबाट बनेको प्रतिमालाई शनिबारबाट सर्वसाधारणको अवलोकनका लागि खुल्ला गरिएको छ।

 उक्त प्रतिमा बनाउन १०२ क्विन्टल अन्नको प्रयोग गरिने आकलन गरिए पनि प्रतिमा निर्माणमा ९५ क्विन्टल र ११ प्रकारका अन्न प्रयोग भएका छन् ।

मिथिलाका राजा जनककी छोरी र अयोध्याका राजा दशरथका छोरा रामबिच भएको विवाहोत्सवलाई यस वर्ष अन्नको आकृति बनाएर विशेष रूपमा मनाउन लागिएको हाे ।

मर्यादा पुरुष राम र सीताको विवाह भएको दिन मानेर हरेक वर्ष मनाइँदै आएको विवाहपञ्चमी यस वर्ष आज आइतबार विभिन्न कार्यक्रमसहित मनाइँदै छ ।  त्रेता युगमा मङ्सिर शुक्ल पञ्चमीका दिन अयोध्याबाट राजकुमार राम आएर मिथिला राज्यको राजधानी जनकपुरधाममा राजकुमारी सीतालाई विवाह गरेको तिथि मानेर यो पर्व मनाइन्छ । 

प्रतिक्रिया