चुनावमा गठबन्धन गर्न नमिल्ने कानुन बनाऔँ : महामन्त्री थापा
मेरोन्यूज
२०८० पुष १ गते १८:५५

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय दलहरूले चुनावअगाडि गठबन्धन गर्न नमिल्ने गरी निर्वाचन कानुन संशोधन गर्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेस पर्वत क्षेत्र नं १ प्रदेश सभा (क)को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै थापाले ठूला दलले नै निर्वाचन कानुन संशोधनको प्रस्ताव अघि सार्नुपर्ने धारणा राखे।
‘नेकपा एमालेलगायत दलका नेताहरूले पनि यही प्रस्ताव राखेको मैले देखेको छु,’ महामन्त्री थापाले भने, ‘सबै मिलेर गठबन्धन गर्ने कानुन संशोधन गरौँ। ०८४ मा एक्लाएक्लै लडौँ।’
निर्वाचनपछि गठबन्धन गरे पनि अगाडि भने त्यसका सबै ढोका बन्द गर्नुपर्ने उनको भनाइ छ। थापाले अबको निर्वाचनमा कांग्रेस एक्लै होमिने दाबी गर्दै कार्यकर्तालाई सोहीअनुसार संगठन सुदृढीकरणमा लाग्न आग्रह गरे।
सम्बन्धित
















सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ- सभापति थापा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया