बिहीबार, मंसिर १८, २०८२

आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

मेरोन्यूज २०८० पुष २ गते ८:४६

आज २०८० साल पुष २ गते साेमबार। मंसिर शुक्ल षष्ठी ।पञ्चाङ्ग: वज्र तैतल शतभिषा। डिसेम्बर १८ तारिख २०२३

यस्तो छ आज तपाईंको राशिफल :-

मेष : नयाँ लगानीमा विशेष ध्यान दिनुपर्नेछ । मानसिक विचलनता बढेर जानेछ । सम्पत्ति विवाद भने केही हदसम्म सुल्झनेछ ।

वृष : शारीरिक समस्या उत्पन्न होला । लामो दूरीको यात्राको योग बन्नेछ । अनावश्यक कार्यमा समय बित्नेछ ।

मिथुन : साथीभाइमा केही मनमुटाब बन्नेछ । पुरानो काममा नै फर्कनु पर्नेछ । केही सीमित व्यक्तिले काममा व्यवधान ल्याउने छन् ।

कर्कट : वैदेशिक रोजगारीमा व्यवधान आउला । प्रेम सम्बन्धमा दरार उत्पन्न होला । माता पिताको साथ प्राप्त होला ।

सिंह : विदेशिएका व्यक्ति स्वदेश आउनेछन् । सामूहिक रुपमा धार्मिक कार्य सम्पन्न गरिएला । आर्थिक कारोबार बढेर जानेछ ।

कन्या : सामान्य विषयमा समय बित्नेछ । रोजगारीका अवसर प्राप्त होलान् । पारिवारिक जिम्मेवारी थपिएर जानेछ ।

तुला : मनमा थप भय उत्पन्न होला । शैक्षिक नतिजा शुभ आउनेछ । सेयर कारोबारमा रोकावट आउनेछ ।

वृश्चिक : व्यापारिक अवस्था कमजोर बन्नेछ । धार्मिक स्थलको भ्रमणको योग छ । पत्नीको नाममा गरिने कारोबार शुभ रहला ।

धनु : भविष्यको चिन्तानले दुखित बनिएला । लौकिक सुख प्राप्त होला । व्यवधानलाई सहजै परास्त गरिनेछ ।

मकर : आधुनिक शिक्षामा सफलता प्राप्ती होला । नयाँ प्रेम सम्बन्धमा परिनेछ । वित्तीय कारोबार बढेर जानेछ ।

कुम्भ : अरुको नकारात्मक जालमा फसिएला । परोपकारी काममा सहकार्य बन्नेछ । खेल क्षेत्रमा अग्रसर बनिएला ।

मीन :गुरुजनको प्रेरणा प्राप्त होला । जमिन सम्बन्धी कारोबार शुभ बन्नेछ । आतिथ्यता ग्रहणको अवसर प्राप्त होला ।

प्रतिक्रिया