शुक्रबार, वैशाख २५, २०८३

श्रीलंकाका विदेशमन्त्री आज नेपाल आउँदै

मेरोन्यूज २०८० पुष ४ गते ७:३७

काठमाडौँ । श्रीलंकाका विदेशमन्त्री अली साब्री आज  नेपाल आउने भएका छन् । नेपाल–श्रीलंका संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् ।  

Advertisement
NiccNicc

परराष्ट्रमन्त्री एनपी साउदको औपचारिक निमन्त्रणामा उनी तीन दिने नेपाल भ्रमणमा आउन लागेको श्रीलङ्काको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिइएकाे छ । नेपाल भ्रमणका बेला श्रीलंकाका विदेश मन्त्रीले परराष्ट्रमन्त्री साउदसँग छुट्टै भेटवार्ता गर्ने मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

नेपाल–श्रीलंका संयुक्त आयोगको बैठक पुस ५ र ६ गते काठमाडौँमा हुँदै छ। बैठकमा नेपाल सरकारका विभिन्न मन्त्रालयका अधिकारी सम्मिलित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले गर्नेछन् ।

बैठकमा नेपाल–श्रीलंका सम्बन्धका सबै आयामहरूमा छलफल र समीक्षा गरिने बताइएको छ । 

श्रीलंकाली विदेशमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्नेछन् । उनी पुस ७ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
 

प्रतिक्रिया