वीरगञ्ज नाकाबाट एक वर्षमा १ हजार ९६३ विदेशी पर्यटक भित्रिए

वीरगञ्ज (पर्सा) । पर्साको वीरगञ्ज भन्सार नाकाबाट एक वर्षको अवधिमा एक हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
वीरगञ्जस्थित पर्यटक प्रहरी कार्यालयका अनुसार गत २०७९ पुस १ गतेदेखि २०८० मङ्सिर ३० गतेसम्म सो नाकाबाट एक हजार नौ सय ६३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् भने एक हजार नौ सय ६२ विदेशी पर्यटक बाहिरिएका छन् ।
अघिल्लो वर्ष सोही अवधिमा वीरगञ्ज नाकाबाट छ सय ५९ विदेशी पर्यटक नेपाल भित्रिएको पाँच सय पाँच विदेशी पर्यटक बाहिरिएका थिए । नेपालको हावापानी र घुमफिर गर्ने मौसमको दृष्टिकोण उपयुक्त मानिएको असोज, कात्तिक, मङ्सिर र पुस महिनामा नेपाल भित्रिने पर्यटकको सङ्ख्या अन्य महिनाको तुलनामा बढी रहेको पर्यटन प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक अनिलकुमार महतोले जानकारी दिए ।
नेपालमा पर्यटकीय आकर्षणका क्षेत्र बढ्दै गएको, हावापानी उपयुक्त भएको र कोरोना सङ्क्रमण न्यून भइसकेकोलगायत कारणले वीरगञ्ज नाकाबाट पर्यटक भित्रिने क्रम बढेको उनको भनाइ थियो । भारतको विभिन्न हुँदै वीरगञ्ज नाकाबाट नेपाल भित्रिने पर्यटकमा बढी अमेरिका, फ्रान्स, थाइल्याण्ड, जर्मनी, युएसए र क्यानडाका पर्यटक रहेको प्रहरी नायब निरीक्षक महतोले बताए ।
वीरगञ्ज नाकाबाट भित्रिने विदेशी पर्यटकलाई होटल, यातायात तथा अन्य क्षेत्रमा असुविधा वा ठगी हुन नदिन सचेत गराउनाका साथै दुर्घटनामा परी घाइते भएका विदेशी पर्यटकलाई उपचार गराई परिवारको जिम्मा लगाउने कार्यसमेत पर्यटक प्रहरी कार्यालयले गर्दै आएको उनको भनाइ थियो ।










इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ
दोहोरो अंकले बढ्यो सेयर बजार
‘टियागो ईभी कार्टनिभल सम्पन्न’, आशिम र समय्याले जिते ‘पीएस ५’पुरस्कार
देउवा र शेखर कोइरालाबीच भेट, के भयो कुराकानी ?
बिलबिजक नभएको सामानसहित एक जना पक्राउ
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
प्रतिक्रिया