बुधबार, माघ २८, २०८२

गुल्मीमा एक महिनादेखि वेपत्ता रहेका वृद्ध मृत भेटिए

मेरोन्यूज २०८० पुष ७ गते १६:०५

गुल्मी । गुल्मीमा एक महिनादेखि हराएका वृद्ध मृत फेला परेका छन् ।

गुल्मी जिल्लाको रेसुंगा नगरपालिका–७ का ६२ वर्षीय चेतमान चुँदारा शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेका अनुसार चुँदाराको शव अर्जुन डाँडाको जंगलमा फेला परेको थियो ।

गत मंसिर १ मा घरबाट केही नभनी हिँडेका चुँदाराको खोजी गरिदिन परिवारका सदस्यले प्रहरीलाई आग्रह गरेका थिए ।

उनको शव पोष्टमार्टमका लागि गुल्मी अस्पातलमा ल्याउने तयारी भइरहेको छ । घटनाको बारेमा थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया