सन् २०२३ मा डेंगी सङ्क्रमितको सङ्ख्या ५० लाखभन्दा माथि
मेरोन्यूज
२०८० पुष ८ गते ११:५०

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले डेंगीको खतरालाई लिएर शुक्रबार चेतावनी जारी गरेको छ ।
लामखुट्टेबाट सर्ने यो रोगबाट यस वर्ष ५० लाखभन्दा बढी संक्रमित भएको र ५० हजारभन्दा बढीको ज्यान गएको सङ्गठनले जनाएको छ ।
जलवायु परिवर्तन पनि आंशिक रूपमा यो महामारी फैलिनुमा दोषी देखिएको छ । उच्च वर्षा, आर्द्रता र तापमान वृद्धिले लामखुट्टे फस्टाएको र सङ्क्रमण बढेको बताइएको छ ।
डब्ल्युएचओले–चार अर्ब मानिस डेंगीको जोखिममा भएको र संक्रमितमध्ये पनि धेरैजसो लक्षणविहीन हुने र सामान्यतया एकदेखि दुई हप्ताभित्र निको हुने गरेको पाइन्छ ।
डेंगीको कुनै खास उपचार नभएकोले, प्रारम्भिक पहिचान र चिकित्सकको निगरानीले सुधार ल्याउन सकिने बताइएको छ । यसको सङ्क्रमण पछिल्लो समय अत्यन्त तीव्र गतिमा बढेको छ ।
सम्बन्धित











अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
यस्तो छ आजको विदशी मुद्राको विनिमयदर
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया