खोटाङमा निःशुल्क आँखा शिविरबाट ५ सय ९० जना लाभान्वित

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकामा सञ्चालित तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा ९१ जनाको आँखा शल्यक्रिया गरिएको छ ।
त्रिधार्मिकस्थल हलेसी बजारस्थित आँखा तथा कान उपचार केन्द्रको कार्यालयमा बिहीबारदेखि शनिबारसम्म शिविर सञ्चालन भएको थियो ।
निःशुल्क शल्यक्रिया शिविरमा ९१ मध्ये ६४ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको आँखा तथा कान उपचार केन्द्र हलेसीका प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिए । अन्य २७ जना बिरामीको आँखामा मासु पलाएको भेटिएकाले शल्यक्रिया गरिएको उनले बताए ।
शिविरमा पाँच सय ९० जना सेवाग्राहीले निःशुल्क सेवा लिएका छन् । शिविरमा सहभागी ४०० बढीलाई निःशुल्क औषधि तथा एक सय ५० जनालाई निःशुल्क चश्मा वितरण गरिएको नेपाल नेत्र ज्योति सङ्घ खोटाङका अध्यक्ष इन्द्र कसजूले जानकारी दिए ।
शिविरमा आँखा उपचार गराउन हलेसी तुवाचुङ नगरपालिकासँगै छिमेकी पालिका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुइचुम्मा, रावाबेँसी, साकेला गाउँपालिकालगायत अन्य पालिकासँगै ओखलढुङ्गा, उदयपुर जिल्लाका सेवाग्राही हलेसी आएका थिए ।
लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालको सहयोगमा शिविर सञ्चालन भएको हो । आँखाको समस्या भएका नागरिकको सहजताका लागि हलेसी तुवाचुङ नगरपालिका, नेपाल नेत्र ज्योति सङ्घ खोटाङ, आँखा तथा कान उपचार केन्द्र हलेसी र आँखा उपचार केन्द्र सहयोग समितिले निःशुल्क आँखा शल्यक्रिया शिविर आयोजना गरेको हो । शिविरको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले उद्घाटन गरेकी थिईन् ।
त्यस अवसरमा पाठेघरको निःशुल्क शल्यक्रियादेखि नगर अस्पताल सञ्चालन गरेर बीमा गर्ने र बीमाको उपचार हुने व्यवस्था मिलाउनेसम्मको काम गरिरहेको नगरप्रमुख राईले बताईन्।
















काठमाडौं – ३ मा कुलमानले दर्ता गराए उम्मेदवारी
काठमाडौं ५ मा ईश्वर पोखरेलको मनोनयन दर्ता
बैतडीमा ३३ मतदानस्थल अति संवेदनशील
रुकुम पूर्व १ बाट प्रचण्डले गराए उम्मेदवारी दर्ता
बैतडीमा एमालेबाट दामोदर भण्डारीले गराए मनोनयन दर्ता
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
प्रतिक्रिया