केएमसीमा ४२ दिने शिशुको दुर्लभ शल्यक्रिया

काठमाडौँ । काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) ले ४२ दिनको शिशुको हर्नियाको ल्याप्रोस्कोपी विधिबाट सफलतापूर्वक शल्यक्रिया गरेको छ ।
केएमसीले मिनिमल एसेस सर्जरी प्रविधिबाट जन्मजातै हर्निया भएको शिशुको सफलतापूर्वक शल्यक्रिया गरेको हो ।
चाँगुनारायण नगरपालिका वडा नं १ सरस्वती खेलका बसन्त खड्काको शिशुको हर्नियाको केएमसीका बाल रोग विशेषज्ञ सर्जन डाक्टर आशिषलाल श्रेष्ठको टीमले सफलतापूर्वक शल्यक्रिया गरेको हो ।
अघिल्लो दिनदेखि लगातार बालक रोएपछि पुस २ गते केएमसी ल्याइएका शिशुको स्वास्थ्य जाँच गर्ने क्रममा हर्निया भएको पाइएको थियो । त्यसपछि तत्कालै भर्ना गरी भोलिपल्टै मिनिमल एसेस सर्जरीमार्फत हर्निया निकालिएको बालरोग सर्जन डाक्टर श्रेष्ठले बताए ।
‘शिशुको जन्मजातै दुवैतर्फ हर्निया थियो । सामान्यतया साना शिशुहरुको शल्यक्रिया गर्नु ठूलै जोखिम हुने भएकाले हामीसँग भएको अत्याधुनिक मिनिमम एसेस सर्जरी प्रविधि अनुसार नाइटोको छेउँमा ३ एमएमको २ वटा प्वाल पारेर अप्रेसन गरेका हौँ । अहिले बच्चाको अवस्था एकदम ठीक छ’, डा. श्रेष्ठले भने ।
















२८ खर्ब नाघ्यो सरकारी ऋण
सप्तरी–३ मा उपेन्द्र यादवको उम्मेदवारी
प्रतिनिधि सभा सदस्य निर्वाचन : कतिले गराए उम्मेदवारी दर्ता ?
Former PM Dr Bhattarai files candidacy for HoR polls
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
प्रतिक्रिया