बुधबार, चैत १८, २०८२

देशभरकाे तापक्रम घट्दो,सतर्कता अपनाउन महाशाखाकाे अनुराेध

मेरोन्यूज २०८० पुष १२ गते ६:५६

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।

Advertisement
nepal life insurencenepal life insurence

जल तथा मौसम विज्ञान विभागका अनुसार आज (बिहीबार) बिहानसम्म देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बिहीबार राति कोशी र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टामा देशभर नै तापक्रम घट्दो क्रममा रहने महाशाखाले जनाएको छ।देशभरिको तापक्रम चिसो रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन र आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया