देशभरकाे तापक्रम घट्दो,सतर्कता अपनाउन महाशाखाकाे अनुराेध
मेरोन्यूज
२०८० पुष १२ गते ६:५६

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज (बिहीबार) बिहानसम्म देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बिहीबार राति कोशी र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
आगामी २४ घण्टामा देशभर नै तापक्रम घट्दो क्रममा रहने महाशाखाले जनाएको छ।देशभरिको तापक्रम चिसो रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन र आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
सम्बन्धित








आज मंसिर १८ गते बिहीबार, कस्ताे रहला तपाइकाे राशिफल ?
आजका लागि विदेशी मुद्राको विनिमयदर
महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्छ : सभापति देउवा
आज मंसिर १५ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
एनपीएलमा सुदूरपश्चिम रोयल्सको दबदबा
एनपीएल खेल्न नेपाल आइपुगे स्टार क्रिकेटर प्लेसिस
प्रतिक्रिया