बुधबार, माघ २८, २०८२

चितवनमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

मेरोन्यूज २०८० पुष १२ गते ११:१०

काठमाडौं । चितवनमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

बिहीबार बिहान भरतपुर महानगरपालिका–२९, भतेरी जंगलमा लु८४ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट नवलपरासीको सुनवल नगरपालिका–८, जयगुडीका ६२ वर्षीय श्रीमान गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनलाई उपचारका निम्ति भरतपुरस्थित एलाइभ अस्पतालमा पठाइएको थियो ।अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

प्रतिक्रिया