बक्यौता नतिर्ने उद्योगको लाइन काट्दै जान्छाैं : प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत उपभोग गरेर बक्यौता रहेका उद्योगहरूको लाइन काटिएको स्पष्ट पारेको छ ।
डेडिकेटेड तथा ट्रंक लाइन विवादबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस्तो जानकारी दिएका हुन् ।
प्राधिकरणले हालै लाइन काटिएका ९ उद्योगको करिब १२ अर्ब ५० करोड रूपैयाँ बराबरको बक्यौता रहेको कुलमानले जनाए। उनले बक्यौता रहेका अन्य उद्योगको पनि क्रमशस् बिजुली काट्दै जाने जाने रणनीतिमा प्राधिकरण रहेको बताए ।
डेडिकेटेड तथा ट्रंक लाइनबाट उपभोग गरेको ६१ वटा उपभोक्ताको मंसिर २०८० सम्म २२ अर्ब २४ करोड बक्यौता रहेको छ । यसमध्ये अहिलेसम्म ९ वटा उद्योगको मात्र लाइन काटिएको छ । जसको मात्र बक्यौता १२ अर्ब ५० करोड रुपैयाँ हुन्छ कुलमानले भने ।
प्राधिकरणले २०७६ चैत्र ५ गते विराटनगरबाट केही उद्योगहरूको विद्युत लाइन बिच्छेद थालेपछि तत्कालीन मन्त्रिपरिषद्को २०७६ पुस २१ गतेको निर्णयबमोजिम ऊर्जा, जलस्रोत तथा सिंचाइ, अर्थ, उद्योग मन्त्री र सोही मन्त्रालयका सचिवको बैठकले कोरोना महामारीको कारण देखाउँदै थप निर्णय नहुञ्जेल विद्युत लाइन नकाट्ने निर्णय गरेको थियो ।
















युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइयो
ज्योति विकास बैंकद्वारा देशव्यापी १७ सय वृक्षारोपण
३० करोड डलर क्रिप्टो चोरीको आशङ्का
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
प्रतिक्रिया