२०० किलो आखेटोपहारसहित सङ्खुवासभाबाट दुई जना पक्राउ
मेरोन्यूज
२०८० पुष १२ गते २१:०१

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा प्रहरीले मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रबाट दुर्लभ जङ्गली जनावर सालकको आखेटोपहारसहित दुई जनालाई पक्राउ गरेको छ ।
आखेटोपहारसहित पक्राउ पर्नेमा भोटखोला गाउँपालिका –२ रिदाकका ३५ वर्षीय छिरिङ भोटेसहित एक महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । पक्राउ परेकी महिलाको नाम भने सार्वजनिक गरिएको छैन ।
भोटखोला गाउँपालिका–२ च्याम्ताङबाट गएराति दुई सय किलो दुर्लभ सालकको आखेटोपहारसहित पक्राउ परेका भोटखोला –२ का छिरिङ र एक महिलालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेकालाई शुक्रबार साँझसम्ममा सदरमुकाम खाँदबारी ल्याइने प्रहरीले जनाएको छ । उनीहरूलाई सदरमुकाम ल्याएपछि पत्रकार सम्मेलन गरिने उक्त कार्यालयले बताएको छ ।
सम्बन्धित
















विश्व बैंकद्वारा नेपाल फिस्कल ड्यासबोर्ड सार्वजनिक
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
९ अंकले बढ्यो सेयर बजार, ११ अर्बको कारोबार
बैतडीमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै
संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
प्रतिक्रिया