माल्टा पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने व्यक्ति पक्राउ
मेरोन्यूज
२०८० पुष १३ गते १७:२९

काठमाडौं । माल्टा पठाइदिन्छु भन्दै १२ लाख रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने जुम्ला हिमा गाउँपालिका-५ घर भएका ३२ वर्षीय धर्मेन्द्र शाहीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
शाहीले १ जनालाई वैदेशिक रोजगारीका लागि माल्टा पठाई प्रतिष्ठित कम्पनीमा मासिक २ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काटमाडौं बानेश्वरबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
सम्बन्धित
















कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल
विधिद्वारा स्थापित पद्धति र परम्परा पालनामा हुनुपर्छ: राष्ट्रपति
बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’
प्रधानन्यायाधीश सिफारिस प्रति सपना प्रधान मल्लले सार्वजनिक मञ्चबाटै जनाइन् असन्तुष्टी
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया