नारायणी नदीमा नयाँ पुलको काम सुरु

चितवन। नारायणी नदीमा नयाँ पुलको काम सुरु भएको छ । पुलको नक्साङ्कनको काम भइरहेको छ भने निर्माणस्थलको माटो परीक्षण पनि सम्पन्न भएको छ ।
पूर्वपश्चिम राजमार्गको भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिकालाई यो पुलले जोड्छ । पुलको ठेक्का तुँदी कन्स्ट्रक्सन प्रालिले पाएको छ । उक्त कम्पनीलाई रु। एक अर्ब ६८ करोड ७६ लाखमा नक्साङ्कन सहितको निर्माणको ठेक्का दिईएको हो ।
गएको जुन २ तारिखमा ४८ महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लगाईएको हो । निर्माण कम्पनीका परियोजना प्रमुख मञ्जिल मिश्रका अनुसार कामलाई तीव्र गतिमा अघि बढाइएकाले चैत मसान्तसम्ममा शिलान्यास गरेर काम अघि बढाईने तयारी छ । उनले भने “वर्षात्मा काम गर्न अप्ठ्यारो हुने भएकाले चैतसम्ममा नक्साङ्कनको काम सकेर निर्माणको काम थाल्ने तयारीमा छौं ।”
पुल निर्माणका लागि भरतपुर महानगरपालिकाले पहल गर्दै आएको थियो । महानगर प्रमुख रेनु दाहालले तोकिएको समयभित्र पुल सम्पन्न गर्नका लागि आवश्यक सहयोग गर्न महानगर तयार रहेको बताए । वर्षात्को समयमा भुईको काम गर्न कठिन हुने भएकाले यही हिउँददेखि काम थाल्न सकिएमा वर्षायाममा काम गर्न सहज हुने उनले बताए ।
।
















‘जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छु’
अमेरिकामा अत्यधिक हिमपात, सयौ उडान अवरुद्ध
नेप्सेमा झिनो अंकको सुधार, काराेबार रकम ८ अर्ब २२ करोड
सुन्तलाका बोट सुक्दै गएपछि भोजपुरका किसान समस्यामा
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया