धनगढीको गेटा विमानस्थल विस्तारको योजना अघि बढ्न सकेन

गोदावरी (कैलाली) । धनगढीको गेटा विमानस्थल विस्तारको योजना अघि बढ्नसकेको छैन् । विसं २०७८ मा नेपाल नागरिक उड्डयायन प्राधिकरणले गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा विस्तार गर्न अगाडि सारेको योजना अघि बढ्न नसकेको हो ।
दुईवर्ष अघि उड्डयन प्राधिकरणले विमानस्थलको विस्तार गर्ने योजनासहित रु एक अर्ब बजेट विनियोजन गर्ने निर्णय गरेको थियो ।
धनगढीको गेटालाई क्षेत्रीय विमानस्थलका रुपमा विकास गर्न दुई सय ५० बिघा जमिन अधिग्रहण गरेर एक हजार आठ सय मिटरको धावनमार्गलाई बढाएर दुई हजार पाँच सय मिटरको बनाउने योजना बनाइएको विमानस्थल प्रमुख गणेशबहादुर सिंहले बताउनुभयो । उहाँका अनुसार हालसम्म विमानस्थल विस्तारको कुनै काम अगाडि बढेको छैन ।
विमानस्थल प्रमुख सिंहले सरकारले चालु आर्थिक वर्षमा गेटा विमानस्थल विस्तार गर्न बजेट विनियोजन नगरेको जानकारी दिनुभयो । उहाँका अनुसार तत्कालीन पर्यटनमन्त्री प्रेमबहादुर आलेमगर अध्यक्ष रहेको उड्डयायन प्राधिकरण बोर्डले विसं २०७७ पुस ११ गते गुरुयोजना स्वीकृत गरेको थियो ।
दुई वर्षअघि नै विमानस्थल विस्तारका लागि स्थानीयवासीको जग्गा अधिग्रहण गर्न रु १५ देखि १६ अर्ब लाग्ने अनुमान गरिएको भए पनि बजेटको सुनिश्चितता नहँदा जग्गा अधिग्रहणको काम अघि बढ्न नसकेको प्राधिकरणले जनाएको छ ।
“विमानस्थल विस्तारको काम अगाडि बढाउन जग्गाको मुआब्जा दिनुपर्ने हुन्छ । मुआब्जा दिन नसक्दा सबै काम स्थगन गरिएको छ”, विमानस्थल प्रमुख सिंहले भन्नुभयो । उहाँका अनुसार विसं २०७८ को अन्तिमतिर रियल पाथ इन्जिनियरिङ कन्सलटेन्सीले जग्गा नापजाँचको काम गरेको थियो ।
करिब ४५ मिटर चौडाइको दुई हजार पाँच सय ५० मिटर लामो धावनमार्ग, अत्याधुनिक टर्मिनल भवन, पार्किङ एप्रोन, ह्याङ्गर, हेलिप्याड, कार्गो भवन, फ्युल स्टेसन, फायर फाइटिङ स्टेसन, उद्धार तथा चक्रपथसहितका पूर्वाधार निर्माण गरिने गुरुयोजनामा उल्लेख छ ।
















आज महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवस
कालीमाटी तरकारी बजार विकास समितिले आजका लागि ताेकेकाे कृषिउपजको मूल्य
बैतडी बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो, ३४ घाइते
म्याग्दीमा दल र स्वतन्त्र उमेद्वारको प्रतिस्पर्धा
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
प्रतिक्रिया