शनिबार, वैशाख २६, २०८३

नौवस्ता बालसुधार गृहका बालबन्दीबिच झडप, चारजना घाइते

मेरोन्यूज २०८० पुष १५ गते १९:२२

खजुरा । बाँकेको नौवस्तामा रहेको बालसुधार गृहका बालबन्दीबिच विवाद हुँदा झडप भएको छ ।

Advertisement
NiccNicc

बाँकेको बैजनाथ –३, गाभरस्थित नौवस्तामा रहेको क्षेत्रीय कारागारमा रहेको बालसुधार गृहका बाल बिज्याइँकर्ताबिच तनाव उत्पन्न हुँदा झडप भएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरलले बताए।

उनका अनुसार बालसुधार गृहमा रहेका १८ बर्षमाथिका बाल बिज्याइँकर्ताबिच हिजो रातिदेखि नै झडप भएको हो। दुईवटा ब्लकमा रहेका बालबन्दीबिच हिजो रातिदेखि झडप भएको थियो । सो झडपमा परी चारजना बालबन्दी घाइते भएको र उनीहरुको अस्पतालमा उपचार गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया