आज यी प्रदेशमा छ हिमपातकाे सम्भावना
मेरोन्यूज
२०८० पुष १६ गते ६:१४

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
जसका कारण सोमबार देशका पहाडी भू-भागमा आंशिक बदली रही र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । तराईका भू-भागमा बिहानीपख हुस्सुरकुहिरो लागेको छ ।
अत्याधिक चिसो बढ्दै गएका कारण चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
मंगलबार कोशी प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक – दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
सम्बन्धित
















अत्यधिक चिसोका कारण मङ्गोलियामा १३ जनाको मृत्यु
194 polling stations in Dhanusha classified as highly sensitive
Trump says hiking tariffs on South Korean goods to 25%
गण्डकीका ३५ सहकारी खारेज
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
निर्वाचन आयोगले सार्वजनिक गर्याे उम्मेदवारको वैयक्तिक विवरण
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
प्रतिक्रिया