नेपालगञ्जमा कारको ठक्करबाट २ जनाको मृत्यु, १ गम्भीर घाइते
मेरोन्यूज
२०८० पुष १६ गते ८:१३

काठमाडौं । बाँकेको नेपालगञ्जमा कारको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु भएको छ, भने एक जना गम्भीर घाइते भएका छन् ।
आइतबार राति अंग्रेजी नयाँ वर्ष मनाएर फर्किरहेका उनीहरुलाई सिँक्टा सिँचाइ आयोजनाको कार्यालय नजिकै स्कारपियो गाडीले ठक्कर दिएको थियो ।
गाडीको ठक्करबाट घाईते भएका एक महिला र एक पुरुषको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।मृतकको सनाखत हुन सकेको छैन ।
घाइते अर्की महिलाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डीएसपी नारायण डाँगीका अनुसार घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।
सम्बन्धित
















आणविक वार्ताको प्रगतिमा बाधक पश्चिमा भएको इरानको दावी
अमेरिकी इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर भोलि नेपाल आउँदै
वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प छैनः संयोजक दाहाल
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
देशलाई विकास र सुशासन चाहिएको छ : लामिछाने
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
आईसीसी टी–२० विश्वकप: श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड पराजित
नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
टी-२० विश्वकपमा आज तीन खेल, नेपाल रहेको समूहबाट भिड्दैछन् स्कटल्याण्ड र इटाली
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
प्रतिक्रिया