दुई समूहबीच झडप भएपछि बाँकेको नौबस्ता बालसुधार गृहमा तनाव

काठमाडौं । बाँकेको डुडुवा गाउँपालिका-६ नौबस्तास्थित जयेन्दु बालसुधार गृहमा तनाव सिर्जना भएको छ । आइतबार दिउँसो दुई समूहबीच झडप भएपछि सुधार गृहको माहोल तनावग्रस्त बने पछि स्थिति नियन्त्रणमा लिने प्रयास जारी रहेकाे छ ।
हिजो दिउँसो तीन-चार बजेदेखि पुन तनाव सुरु भएको थियो । घटनामा केही व्यक्तिहरु सामान्य घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डिएसपी नारायण डाँगीका अनुसार बालसुधार गृहमा राखिएकाहरु आफू-आफूमा लड्ने र सुधारगृह तोडफोड गर्ने गरेका छन् । स्थिति नियन्त्रणमा लिन सुधारगृहको सुरक्षाका लागि प्रहरीको सईको नेतृत्वमा २५ जना नेपाल प्रहरी र ३० जना सशस्त्र प्रहरी खटिएका छन्। उनीहरुले कसैलाई पनि सुधारगृह भित्र प्रवेश गर्न नदिएकाले भित्रको अवस्था विस्तृतमा थाहा हुन सकेको छैन ।
प्रहरीलाई सुधार गृहमा बल प्रयोग गर्ने अधिकार नभएकाले स्थिति नियन्त्रणमा आउन सकेको छैन
घटनाबारे प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइएको र छलफलबाट समस्या समाधान गरिने सुधार गृहका प्रमुख श्याम बहादुर रानाले जानकारी दिए।
















रसुवा भन्सारमा सामान जाँचपास सुरु
गगनलाई सुदूरपश्चिमका मुख्यमन्त्रीको प्रश्न– देउवालाई टिकट नदिनुको कारण के ?
यातायात कार्यालय जुम्लाद्वारा एक करोड १६ लाख राजस्व सङ्कलन
विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश
‘विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा छ’
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया