मोरङको सुन्दरहरैंचा वनमा जंगली हात्ती मृत फेला
मेरोन्यूज
२०८० पुष १६ गते १२:४३

विराटनगर । मोरङको सुन्दरहरैंचास्थित सामुदायिक वनमा एउटा जंगली हात्ती मृत फेला परेको छ ।
सुन्दरहरैंचा नगरपालिका-१० स्थित जनजागरण सामुदायिक वनमा करिव १२ वर्षको जंगली हात्ती मृत फेला परेकाे हो ।
घटना स्थलमा रहेका स्थानीय अगुवा दिनेश गिरीका अनुसार मृत हात्तीको टाउकोको भागमा गोली हानेको देखिन्छ । मृत हात्ती भेटिएको स्थानमा रगत पनि बगेको उनकाे भनाइ छ । प्रहरी स्रोतका अनुसार सिकारीको समूहले गोली हानेर मारेको जस्तो देखिएकाे छ ।
कोसीटप्पु वन्यजन्तु आरक्षबाट भेटनरी चिकित्सकको टोली पनि पुगेको छ । हात्तीको मृत्युको कारण अनुसन्धानपछि मात्रै खुल्ने जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जन दाहालले बताए ।
सम्बन्धित
















नेपालकै पहिलो डिजिटल इकोसिस्टम ग्लोबल डायरी सञ्चालनमा
प्रहरी हवल्दार मृत्यु प्रकरणमा थप एक जना पक्राउ
नेप्सेमा झिनो गिरावट, आठ अर्ब ६९ करोडकाे काराेबार
आर्थिक लाभ नदिने ‘खुद्रे तथा टुक्रे’ आयोजनामात्र रोकिएको हो : अर्थमन्त्री खनाल
Ukraine plans presidential elections, vote on peace deal with Russia: media
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
प्रतिक्रिया