कृषि उत्पादनको बजारीकरणमा सरकारले सहयोग गर्छ : मन्त्री भुसाल

मुग्लिन (चितवन )। कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालले कृषि उत्पादन बढाउन किसानलाई आग्रह गरेका छन् । चितवनको इच्छाकामना गाउँपालिका–३ माझ गाउँमा सुरु भएको प्रथम सुन्तला महोत्सवको आज शुभारम्भ गर्दै उन्कले उत्पादित बस्तुको बजारीकरणका लागि सरकारले सहयोग गर्ने जानकारी दिए।
मन्त्री भुसालले सङ्घीय सरकारले स्थानीय तहमा कृषि बजार प्रवद्र्धनको नीति लिएको बतए। उनले भने, “सरकारले स्थानीय स्तरमै कृषि बजार प्रवद्र्धनको नीति लिएको छ । स्थानीय तहले चाहेको अवस्थामा सङ्घीय सरकारले सहयोग गर्छ, स्थानीय उत्पादनको बजारीकरण गर्ने व्यवस्थापनको पक्षमा छौँ, यदि स्थानीय बजारले मात्र पुग्दैन राष्ट्रिय स्तरमा पु¥याउनुपर्छ त्यस्ता धेरै उत्पादनहरु छन्भने त्यसका निम्ति सरकारले सहजीकरण गर्छ, राष्ट्रिय बजारमा पनि बिक्री हुन सकेन भने त्यसका निम्ति वैदेशिक बजार खोज्ने नीति पनि सरकारले लिएको छ ।”
गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले किसानलाई सुन्तलाखेतीमा हौसला प्रदान गर्न तथा बजारीकरणमा सहयोग पु¥याउने उद्देश्यले सुन्तला महोत्सव आयोजना गरिएको बताए। उनले भने, “यहाँका सुन्तला निकै स्वादिष्ट छ, देशका विभिन्न बजारमा पुग्छ तर इच्छाकामनाको सुन्तला भनेर उपभोक्तालाई थाहा हुँदैन, यस महोत्सवले इच्छाकामनाको सुन्तला भनेर चिनाउन सहयोग पुग्ने विश्वास लिएको छु ।”
महोत्सवका अवसरमा पहिलो दिन किसान, जनप्रतिनिधि र कृषि विशेषज्ञबीच अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न भएको थियो । सुन्तला महोत्सव यही पुस १८ गतेसम्म चल्नेछ ।
















डलरमा गिरावटको बावजुत अफगानिस्तानमा खाद्यान्नको मूल्य वृद्धि
फोटोनको धनगढीमा क्षेत्रीय ग्राहक भेटघाट कार्यक्रम सम्पन्न
Heavy snowfall expected in northern, western Japan through election day
Gold, silver prices see slight decline
Iran, US prepare for Oman talks after deadly protest crackdown
रियल, AMT र अन्य अटोमेटिक्स बीचको भिन्नता: स्कोडा कायलाकका लागि यसको अर्थ
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
प्रतिक्रिया