बुधबार, वैशाख २३, २०८३

भ्रष्टाचारमा मुछिएका स्वास्थ्यमन्त्री बस्नेतलाई पदबाट हटाउनुपर्छ : तोसिमा कार्की

मेरोन्यूज २०८० पुष १७ गते १८:५१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई पदबाट हटाउनुपर्ने बताएकी छन् ।

Advertisement
NiccNicc

मंगलबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा सांसद कार्कीले हुँदै नभएको आधारभूत अस्पतालहरूको सामान खरिद प्रकरणमा स्वास्थ्यमन्त्रीले करोडौँको चलखेल गरिरहेको आरोप लगाइन् ।

उनले अस्पतालहरूमा आवश्यक दरबन्दी थप्न नचाहने तर हुँदै नभएका अस्पतालहरूमा पनि उपकरण खरिदको नाममा सेटिङमा कमिसन खान खोजेको समेत आरोप लगाइन्। मन्त्री बस्नेतबाट स्पष्टीकरण लिएर पदबाट हटाउनका लागि प्रधानमन्त्रीलाई सुझाव दिन उनले समितिसँग माग गरिन् ।

प्रतिक्रिया