निर्माणाधीन अस्पतालमा गुणस्तरहीन सामग्री प्रयोग भएको पाइएपछि भत्काउन निर्देशन

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले वडा नं ५ चिसापानीमा निर्माणाधीन १५ श्ययाको अस्पताल भवनमा गुणस्तरहीन सामग्री प्रयोग गरेको पाइएको भन्दै संरचना भत्काउन निर्माण कम्पनीलाई निर्देशन दिएको छ ।
गाउँ कार्यपालिकाको आजको बैठकले निर्माणाधीन अस्पताल भवनको जगमा गुणस्तरहीन गिट्टी तथा बालुवा प्रयोग गरेको अनुगमनका क्रममा पाइएको भन्दै निर्माणाधीन संरचना भत्काएर फेरि काम गर्न निर्देशन दिएको हो ।
निर्माणाधीन अस्पताल भवनका लागि जग सम्याएर पिल्लर ठड्याउने क्रममा गुणस्तरहीन काम भएको स्थानीयले गुनासो गरेपछि अनुगमन गरिएको र गुणस्तरहीन काम भएको निष्कर्षसहित संरचना भत्काउन निर्देशन दिइएको गाउँपालिका प्रमुख अरुणादेवी राईले जानकारी दिए ।
“करिब दुई वर्षअघि निर्माण सम्पन्न गर्नुपर्ने अस्पताल भवनको हालै पिल्लर ठड्याउने काम हुँदै थियो । ठेकेदारको लापर्वाहीले गुणस्तरहीन संरचना निर्माण भइरहेको रहेछ । गाउँपालिकाको कार्यपालिकाको बैठक नै बसेर भत्काउन निर्देशन दिएका हौँ”, अध्यक्ष राईले भने, “गाउँपालिकाको निर्देशनलगत्तै कम्पनीले निर्माण सम्पन्न भएका संरचना भत्काउन थालेको छ । गुणस्तरमा लापर्वाही गर्ने ठेकेदारलाई निगरानीमा राखेका छौँ ।”
निर्माणाधीन पालिकास्तरीय अस्पताल भवन विसं २०७९ असार २८ गतेभित्र निर्माण सम्पन्न गरिसक्ने गरी विसं २०७८ असार २५ गते ड्रागन–रियर जेभीले ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीले अस्पताल भवनको काम सिद्धगढी निर्माण कम्पनीलाई पेटी ठेक्कामा दिएको जनाएको छ । अस्पताल भवन निर्माणका लागि कूल रु २० करोड ७१ हजार पाँच सय ९० मा सम्झौता भएको थियो ।
















कास्कीमा ७७ जनाले बुझाए निजी हातहतियार
बैतडी बस दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय
रास्वपाद्वारा बैतडी बस दुर्घटनाप्रति दुःख व्यक्त
झुटा सूचनाले समाजलाई गम्भीर समस्याः उपाध्यक्ष पौडेल
अरनिको राजमार्गः धुलिखेल–खावा सडकखण्ड विस्तारकार्य तीव्र
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिक्रिया