सोमबार, वैशाख ८, २०८२

भक्तपुर क्यान्सर अस्पतालमा विवादः उमेर हद नाघेकालाई निमित्तको जिम्मेवारी

मेरोन्यूज २०८० पुष १८ गते ६:३९

काठमाडौं । राजनीतिक दलदलमा फसेको नेपालकै जेठो भक्तपुर क्यान्सर अस्पतालमा उमेरहद बढी चिकित्सकलाई निमित्त कार्यकारी बनाउदा झन समस्या उत्पन्न भएको छ ।

अस्पतालमा बर्षोदेखि कार्यरत विशेषज्ञ चिकित्सकलाई पन्छाउदै जनरल ल्याप्रोसी सर्जन डा।ऋषिनारायण श्रेष्ठलाई निमित्त दिएपछि समस्या उत्पन्न भएको हो ।

त्यहाँ बर्षोदेखि कार्यरत रहेका विशेषज्ञ चिकित्सकलाई समेत पन्छाएर स्वास्थ्य मन्त्रालयले उनलाई कार्यकारी दिएको हो । अस्पतालको गठन आदेश विनियमाली विपरित निमित्त कार्यकारी दिएपछि अस्पतालमा बर्षौदेखि कार्यरत विशेषज्ञ चिकित्सकहरुले न्यायलयको ढोका ढक्ढक्काउने स्वास्थय मन्त्रालयलाई चेतावनी दिइसकेका छन् ।

कर्मचारी विनियमावली अनुसार ५८ वर्ष उमेरपछि कार्यकारीतहमा बसेर काम गर्न नपाईने र काम गर्नुपरेमा विज्ञको रुपमा मात्रै काम गर्न पाइने भएपनि उमेरले ६३ बर्ष पुगेका श्रेष्ठलाई निमित्त कार्यकारी दिइएको छ । ‘डा। ऋषि श्रेष्ठ यहाँ त विज्ञका रुपमा मात्रै आउनु भएको हो उहाँको उमेर हदले पनि कार्यकारी बन्न मिल्दैन तर मन्त्रीले नै उहाँलाई विवादमा तानेका छन्, उहाँलाई निमित्त कार्यकारी दिएपछि र कर्मचारीलाई हतोत्साहित गर्ने र सरकारी निवृत्त र गैर क्यान्सर बिज्ञको रुपमा कार्यकारी खोजी हुन थालेको हो कि भन्ने आशंका जन्माएको छ’, भक्तपुर क्यान्सर अस्पतालका एक चिकित्सकले भने ।

ती चिकित्सकका अनुसार अस्पतालको विनियमावलीमा उमेर हद र विशेषज्ञतालाई विशेष महत्व दिएको छ । पेशाले श्रेष्ठ आफै पनि अन्कोलोजिष्ट होइनन् । उनी जनरल ल्याप्रोसी सर्जन हुन् । अस्पतालको कर्मचारी नियुक्ती सम्बन्धी नियमावलीमा पनि अन्कोलोजिष्टलाई नै निर्देशक बनाउने भन्ने रहेको छ । यस नियमलाई लत्याउँदै मन्त्रालयले श्रेष्ठलाई नै पूर्ण अधिकार सहितको निर्देशक बनाउने तयारी गरेको हो । ‘नियमावलीले अस्पतालमा कर्मचारी र डाक्टरको समय सीमा पनि निर्धारण गरेको छ । निर्देशक भनेको अस्पताल चलाउने सिनियर कर्मचारी हो’, ती चिकित्सकले भने ।

तर कर्मचारीको समय सीमा निजामती प्रशासनमा ५८ बर्ष भन्दा माथिको कर्मचारी निर्दैशक हुन पाईदैन । डा।श्रेष्ठको नागरिकतामा डोटीको सिलागडीमा २०१७ सालमा चैंत १५ मा जम्मेको रेकर्ड छ । यही हिसावले उनी ६३ बर्ष भैसेकका छन् । कानूनमा कुनैपनि प्रशासन हाक्ने कर्मचारी ५८ बर्ष भन्दा माथिको हुनुहुँदैन् । यो हुँदाहुँदै पनि श्रेष्ठलाई कार्यकारी प्रमु्खमा नियुक्त गर्ने तयारी किन प्रश्न उब्जेको छ ।

हाल कार्यकरी निर्दैशक रहेका डा। श्रेष्ठको ट्रयाक रेकर्ड पनि सुखद छैन । ललितपुरको किष्ट मेडिकल कलेजमा विभादस्पद गतिविधि गरेर निकालिएका श्रेष्ठ पछिल्लो समय निमित्तलाई कार्यकारी बनाउने दाउमा लागिपरेका छन् । उनी विभिन्न शाक्तिकेन्द्रको प्रयोग गरेर आफू कार्यकारी बन्ने लबिङमा लागेका हुन् । आर्थिक बर्ष ०५७।०५८ मा भिजिटिङ डाक्टरको रुपमा प्रवेश गरेका थिए । त्यसयता नै उनी अस्पतालको नेतृत्व आफ्नो हातमा लिएर आफू अनुकलको संस्था संचालनको लागि परेका भएपनि सकेका थिएनन । अहिले भने कांग्रेसका नेतालाई लिएर पार्टी सभापतिलाई भेटन पुगेको र त्यही बाट मन्त्रीलाई दबाब दिन लगाएको पनि स्रोतले जनाएको छ । ‘मन्त्रीलाई दबाब दिइएको रहेछ, मन्त्रालयले पनि मन्त्रीको बाध्यता बुझ्दै निमित्त दिएका रहेछन्,’, स्रोतले भन्यो ।

नेपाल अर्बुद रोग निवारण संस्थाको नेतृत्वमा स्थापित भक्तपुर क्यान्सर अस्पतालको सर्वोच्च अदालतमा मुद्दा बिचाराधिन रहेको हुँदा गैर सरकारी सामुदायिक अस्पतालको रुपमा रहेको आत्मानिर्भर रुपमा असाहयहरुको आशाको केन्द्रको रुपमा सञ्चालित अस्पतालमा कार्यकारी निर्दैशकको नियुक्तिले थप राजनीति घुसेर अस्पतालनै तहस नहस हुनेअवस्थामा पुग्न लागेको अस्पतालका एक कर्मचारीलले बताए । सरकारले बलजफ्ती उक्त संस्थाद्वारा सञ्चालित अस्पताल २०७७ सालमा संघिय सरकारले गठन आदेश जारिगरी आपूm मातहत ल्याएको थियो । उक्त कदम बिरुद्ध परेको रिटमा सर्बोच्च अदालतको पुर्ण इजलासमा बिचाराधिन रहेको छ ।

विगत२५ बर्षदेखि नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा स्थापना तथा सञ्चालित भक्तपुर क्यान्सर अस्पताल हाल आएर राजनीतिक नियुक्तिले अनियमितता तथा बेथितीको चाङ लाग्दै गएको छ । सरकारी अस्पताल भित्रै निजी सिटिस्कयान कम्पनीले सञ्चालन गरी रहेको छ । । सरकारी अस्पतालमा प्राइभेट ल्याब बिगत ८ बर्षदेखी चलिरहेको छ बिरामीले ल्याब जाँचगरे बापत लिने शुल्कको ७० प्रतिशत रकम प्राइभेट ल्याबलाई दिने गरिएको छ । सरकारी अस्पतालको फार्मेसी बिना टेन्डर बर्षौदेखी अनियमितता गरिदै कुनै निश्चित कम्पनीलाई मात्र फाइदा पुग्ने त बिरामीलाई मार्कापर्ने काम जारी हुँदापनी नियमक निकायको ध्यान पुगेको छैन् ।

अस्पताल फार्मेसीमा दबाई नपाइदा बाहिर ३ गुण महँगोमा किन्न बिरामी बाध्य हुँदै आएका छन् । अस्पतालमा रहेको दुईओटा रेडियो थेरपी मेसिन मध्ये एउटा चार बर्षदेखि बिग्रेको छ । नयाँ मेसिन ल्याएको दुई बर्ष भएपनि अस्पतालले संचालनमा ल्याउन सेको को छैन् । हाल संचालनमा रहेको मेसिन पनि बारम्बर बिग्रने हुँदा बिरामी झन् अप्ठेरोमा परेका छन् । यसले विरामी कि निजी अस्पतालमा जानु पर्ने या त भारतीय बजारमा उपचारको लागि जानु पर्ने बाध्यता देखिएको छ । अस्पतालमा सेवा अबरुद्ध भएका तथा अपुग भएको कारण रेडियोथेरापी सेवा लिन बिरामीले कि त महिनौ कुर्नुपर्छ कि त अन्य प्राइभेट अस्पतालमा महँगो शुल्क तिरेर सेवा लिन बाध्य छन् ।

त्यस्तै अस्प्तालमा कर्मचारी तथा मेडिकल क्षेत्रमा असन्तुष्टि बढ्दो छ । बर्षेदेखि स्थाई तथा बढुवा हुन नसकेका चिकित्सक नर्स तथा कर्मचारी ब्यावस्थापन प्रति पूर्ण असन्तुष्ट छ्न ।

सरकारी अस्पतालमा काम गरेका डाक्टर ९ औ तह बाट सेवा प्रबेश गर्छन् । तर भक्तपुर क्यान्सरमा भने बिशेशज्ञ चिकित्सकलाई समेत ७ औ तहबाट सेवा सुरु गरेका थुप्रै चिकित्शक छन् । उनीहरुको समायोजन अथवा बढुवा नगरी अस्पताल ब्यावस्थापनले विभेद गर्दे आएको छ । आफू अनुकुलका कर्मचारीलाई माथिल्लो तह बाटै प्रदेश गराई पुरानालाई पाखा लगाउने काम हुँदा अस्पतालको सेवा नै प्रभावित हुँदै आएको छ ।

प्रतिक्रिया